दाङमा करेन्ट लागेर एकको मृत्यु



दाङ,जेठ १ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मिस्त्री काम गर्ने प्युठान माण्डबी गाउँपालिका –२ तिराम निवासी २४ वर्षीय श्याम नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

घोराही उपमहानगरपालिका –३ भानपुरमा सञ्जीवनी मेडिकलको नयाँ भवनको छत ढलान गर्ने क्रममा आइतबार राति करेन्ट लागेर घाइते भएका नेपालीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । 

मल्लका अनुसार करेन्ट लागेर घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्