आज कति छ सुनचाँदीको भाउ ?



काठमाडौं,जेठ १ । मंगलबार सुनको भाउ घटेको छ । आज छापावाला सुनको मूल्य ७०० रुपैयाँले घटेको छ ।

अघिल्लो दिन अर्थात् सोमबार १ लाख ३८ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज घटेको हो । आजका लागि छापावाला सुनको मूल्य १ लाख ३७ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य भने १ लाख ३६ हजार ७५० रुपैयाँ तोकिएको छ ।

यस्तै, साताको तेस्रो कारोबार दिन चाँदीको मूल्य भने वृद्धि भएको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ७४० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्