फेरि महँगियो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?



काठमाडौं,जेठ २ । सुनको भाउ एकैदिन प्रतितोला हजार रुपैयाँले बढेको छ । बुधवार छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढेर १ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ ।

नेपाली बजारमा मंगलबार भने १ लाख ३७ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ३७ हजार ४०० रुपैयाँ तोकिएको छ ।

साताको चौंथो कारोबार दिन चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । मंगलबार १ हजार ७४० रुपैयाँमा किनबेच भएको चाँदी आज भने १ हजार ७४५ रपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्