७ रुपैयाँले घट्यो पेट्रोलको भाउ, डिजेल ५ रुपैयाँले सस्तियो



काठमाडौं,जेठ २ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलको भाउ प्रतिलिटर ७ रुपैयाँ, डिजेल तथा मट्टीतेल प्रतिलिटर ५ रुपैयाँ घटाएको छ ।

निगम संचालक समितिले आजै रातेखि लागू हुने गरि पेट्रोल, डिजेटल तथा मट्टीतेलको भाउ घटाउने निर्णय गरेको हो ।इण्डियन आयल कर्पोरेशनबाट नै पेट्रोल ६.७५ रुपैयाँ र डिजेल ५.०९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ ।

निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १७१ रुपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ १५४ रुपैयाँ तोकिएको छ । यसअघि भने पेट्रोल, डिजेल तथा मट्टीतेलको अधिकतम मूल्य क्रमशः १७८ रुपैयाँ र १५९ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्