वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ



काठमाडौं,जेठ ३ । प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा युके पठाउने भनी ठगी गर्ने स्थायी घर चितवन भइ हाल काठमाडौं बस्ने ४७ वर्षीय कमल श्रेष्ठ, क्रोएसिया पठाउने भनेका ओखलढुंगाका २८ वर्षीय दुर्गा राउत र इटली पठाउने भनेका बाग्लुङ घर भइ हाल काठमाडौं बस्ने ४० वर्षीय जितबहादुर क्षेत्री पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनीहरुमाथि थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।यस्तै, सात वर्षपछि फरार प्रतिवादी २५ वर्षीय सञ्जिव तामाङ पक्राउ परेका छन्।

सरकारी छाप दस्तखत किर्ते (सवारी चालक अनुमती पत्र) कसुर मुद्दामा २०७४ असार १४ गतेदेखि फरार रही एक वर्ष कैद तोकिएका दोलखाको बैतेश्वर गाउँपालिका ५ गौमुखी घर भइ हाल ललितपुरको भैंसेपार्टी बस्ने तामाङलाई जावलाखेल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार तामाङलाई पक्राउ गरी जिल्ला अदालत ललितपुर, लगनखेल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्