पूर्व प्रधानसेनापति सिंहको निधन



काठमाडौं,जेठ ३ । पूर्व प्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ ।

लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उनको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको छ ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति थिए ।

प्रतिक्रिया दिनुहोस्