हुलाकी राजमार्गमा बम विष्फोट

कञ्चनपुर,जेठ ३ । कञ्चनपुरको पुनर्वास नगरपालिका–१ ढक्कास्थित हुलाकी राजमार्गमा बिहीबार बम विष्फोट भएको छ । विष्फोटबाट राजमार्गमा खाल्डो परेको छ ।
राजमार्गमा विष्फोट हुँदा धुवाँको मुस्लोसमेत स्थानीयले देखेको बताएका छन् ।
पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया रानाले हुलाकी राजमार्गमा बम विष्फोट भएको बताए । “पुरानो बम विष्फोट भएको भन्ने कुरा आएको छ” उनले भने, “विस्फोटले कसैलाई चोटपटक लागेको छैन ।”