निगमको सेवालाई थप चुस्त बनाउन पर्यटन मन्त्रीको निर्देशन



काठमाडौं,जेठ ३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपाल वायु सेवा निगमको प्रतिफल देखिने गरी इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय अनुगमनका क्रममा उनले निगमको सेवालाई थप चुस्त र प्रभावकारी बनाउने विषयमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

पर्यटनमन्त्री तामाङले निगमको हितमा हुने हरेक कार्यमा आफ्नो सहयोग रहने र कर्मचारीले आफ्नो दायित्व परिपालनामा सचेत रहन आग्रहसमेत गरे । “निगमको हितमा हुने हरेक काममा म तपाईँहरूसँगै छु । तपाईँहरूले पनि आफ्नो विभाग र आफूले गर्नुपर्ने कार्यमा दत्तचित्त भएर लाग्नुहोला । ढिलासुस्ती र निगमलाई नोक्सानी हुने कुरामा सचेत रहनुहोला”, उनले भने ।

त्यस अवसरमा पर्यटन मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेयले निगमको प्रगतिका लागि सबै कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्ने र मन्त्रालयस्तरबाट गर्नुपर्ने कार्यमा सधैँ सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्