कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित



काठमाडौं,जेठ ३ । प्रतिनिधि सभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुना साथ कांग्रेसका सांसदले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित गरेका हुन् । 

बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा (एमाले)पनि रोष्टममा उत्रिएको थियो । सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोल्नका लागि समय माग गरेको जानकारी गराउँदै बोल्नका लागि समय दिएका थिए तर कांग्रेसले विरोध जारी राखेपछि बैठक स्थगित गरे ।

नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्