गुल्मीमा बस दुर्घटना १३ घाइते



गुल्मी,जेठ ३ । गुल्मीमा बस दुर्घटना हुँदा १३ जना भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-१, मक्वादिस्थित रिडि–तम्घास पक्की सडक खण्डमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बिहीबार पोखरादेखि तम्घासतर्फ आउँदै गरेको गरेको लु १ ख ८१७५ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकामध्ये चालक र सहचालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए ।

बस सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेको छ । उक्त बसमा १३ जना यात्रुहरू सवार रहेका थिए । दुर्घटना के कारणले भयो भन्ने खुल्न सकेको छैन । घाइतेमध्ये १२ जनालाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्