ट्रक-बसमा लेखिएका ‘सवारी साहित्य’ प्रदर्शनीमा



काठमाडौं,जेठ ५ । काठमाडौंको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘सवारी कथाहरू’ शीर्षकमा कला प्रदर्शनी चलिरहेको छ । 

ट्रक, बसलगायत सवारी साधनमा लेखिएको साहित्यसम्बन्धी उक्त प्रदर्शनीमा अवलोकनकर्ताको घुइँचो लागेको छ । गत वैशाख ३१ बाट शुरु भएको उक्त प्रदर्शनी यही जेठ १४ गतेसम्म चल्नेछ । त्यहाँ फोटो, भिडियो र डिजिटल चित्रकला प्रदर्शनी एकै साथ हुँदैछ । 

प्रदर्शनीमा भारतीय कलाकार श्रवास्ती घोष दास्तिदार, नेपाली कलाकारहरू आभूषण गौतम, उर्जा आचार्य तथा शुभ जोशीले आफ्नो कला प्रस्तुत गरेका छन् ।

पछिल्लो समयमा सवारी साधनको पछाडि लेखिएको साहित्य ट्राफिक प्रहरीले हटाउन शुरु गरेको छ । तर, कलाकार सवारी साहित्यको संरक्षण गर्नुपर्ने भन्दै यसबारे कला प्रदर्शनी गरिरहेका छन् । प्रा. डा. अभी सुवेदीले पनि यही उद्देश्यले उक्त प्रदर्शनी गरेका हुन् । 

सवारी साहित्यले समाजको संस्कार र संस्कृतिको प्रतिविम्बित गर्ने भएकोले संरक्षण गर्नुपर्ने कलाकार बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्