नुवाकोटको दुप्चेश्वरमा बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते



नुवाकोट,जेठ ५ । जिल्लाको दुप्चेश्वर गाउँपालिका ३ राउतबेंसीमा बसले मोटरसाइकलमा सवार दम्पतीलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।

शनिबार बिहान समुद्रटारतर्फ आइरहेको बा २ ख ६३८१ नम्बरको बसले बागमती प्रदेश ०२, ०२ प ४८५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियोे ।

गाडीको ठक्करले स्थानीय अक्सर तामाङ र उनकी श्रीमती रुपसानी तामाङ घाइते भएका थिए । घाइते श्रीमती रुपसानी तामाङको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारकाक्रममा निधन भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रीमान अक्सरको भने टाउको र खुट्टामा चोट लागेको छ । घटनाका बस चालकलाई बससहित पक्राउ गरी प्रहरी कार्यालय खरानीटार राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्