तनहुँमा पौडी खेल्न गएका दुई युवकको मृत्यु



तनहुँ,जेठ ५ । तनहुँमा खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिका–२ बट्टार, धनुटार स्थित सोले रहमा डुबेर शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मोहनबहादुर खड्काले जानकारी दिए ।

बन्दीपुर गाउँपालिका–६ बाघेका २० वर्षका बिनोद गुरुङ र बन्दीपुर–६ का वर्ष २० का हिरा गुरुङको मृत्यु भएको खड्काले जानकारी दिए । गर्मी भएर पौडी खेलेका उनीहरु डुबेपछि स्थानीय उद्धार गरी बन्दीपुर अस्पतालमा लगिएको थियो। अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत्यु भएको घोषणा गरेको हुन्। 

मादीनदीमा  बालक मृत फेला

यसैबीच  तनहुँको सदरमुकाम दमौली स्थित मादीनदीमा शनिबार दिउँसो एक बालक मृत फेला परेका छन्।

अन्दाजी करीव १३ वर्षको बालकको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मोहनबहादुर खड्काले जानकारी दिए ।

व्यास नगरपालिका–५ पाटनका स्थानीयले बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। ६, ७ दिन पहिला नै बालकको मृत्यु भएकोले शव दुर्घन्धित भएको र पोर्टमार्टमको लागि दमौली अस्पतालको शवगृहमा राखिएको प्रहरी निरीक्षक खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्