आयात घटेपछि सुक्यो सुक्खा बन्दरगाह भन्सारको राजस्व



वीरगञ्ज,जेठ ६ । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को १० महीनामा लक्ष्यको करीब ६१ प्रशितमात्र राजस्व उठाएको छ । आर्थिक मन्दी र औद्योगिक उत्पादनमा आएको कमीका कारण आयात घट्दा भन्सारको राजस्व पनि प्रभावित भएको भन्सार प्रमुख रामप्रसाद मैनालीले बताएका छन् ।

मुख्य नाकामा रहेको यो भन्सारले चालू आवको साउनदेखि वैशाखसम्ममा ४० अर्ब ३ करोड रुपैयाँ संकलन गरेको छ । यो रकम लक्ष्यको तुलनामा ६० दशमलव ७२ प्रतिशत हो । भन्सार विभागले सुक्खा बन्दरगाह भन्सारलाई यो अवधिको लागि ५४ अर्ब २७ करोड रुपैयाँ संकलनको लक्ष्य दिएको थियो । चालू आवका लागि कुल ६५ अर्ब ९४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य पाएकोमा लक्ष्यको ७० प्रतिशतभन्दा माथि जान नसक्ने दाबी भन्सार अधिकारीहरूको छ ।

सुक्खा बन्दरगाहबाट मुख्यत: फलाम उद्योगको कच्चा पदार्थ बिलेट र पशुपन्छी आहार उत्पादकहरूले मकै भित्र्याउँछन् । औद्योगिक कच्चा पदार्थसहित अन्य उपभोग्य वस्तुको आयात घटेको भन्सारले बताएको छ । उद्यमशीलता प्रवर्द्धनमा सरकार अभिभावक बन्नुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरूले राज्यले उद्यमीलाई जोखिम लिई काम गर्न सक्ने वातावरण बनाइदिनुपर्ने पनि उल्लेख गरे । नेपाली कांग्रेसको भ्रातृ संगठन उद्यमशील कांग्रेसले काठमाडौंमा शनिवार आयोजना गरेको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले उद्यम र उद्यमशीलताको प्रबद्र्धन गर्न सके मात्र देश समृद्ध हुने बताए । उनले भने, ‘सरकार र नेतृत्वको तीव्र इच्छाशत्तिले मात्र यो सम्भव हुन्छ ।’ 

उनले स्थानीय उत्पादनलाई बजारसम्मको बाटो राज्य स्तरबाटै निर्माण हुनुपर्ने र बजेटमार्फत नै कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिए । रिजालले शीपमूलक दक्षता प्रदान गर्ने किसिमको शिक्षा आजको आवश्यकता रहेको पनि उल्लेख गरे । कार्यक्रममा नवउद्यमशीलतालाई प्रवर्द्धन गर्दै आएका प्रशिक्षक तथा लगानीकर्ता निरज खनालले नवउद्यमीहरू पटकपटक असफल हुन सक्ने सम्भावना रहे पनि हतास हुन भने नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्