सुनको भाउ बनायो फेरि कीतिमानी उचाई, प्रतितोला कति पुग्यो ?



काठमाडौं,जेठ ६ । सुनको भाउ हालसम्मकै महँगो बनेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्यले कीर्तिमानी उचाई बनाएको हो ।

आइतबार सुनको भाउ १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो । साताको पहिलो कारोबार दिन १ हजार ६०० रुपैयाँले बढेर एतिहासिक रेकर्ड कायम गरेको हो । अघिल्लो दिन अर्थात् गत शुक्रबार छापावाल सुन १ लाख ३९ह जार ३०० रुपैयाँमा किनबेच भएको थियो । गत बिहीबार पनि १ लाख ४०० हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ४० हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको भाउ पनि नयाँ उचाईमा पुगेको छ । आज एकैदिन प्रतितोला ११० रुपैयाँ बढेर १ हजार ९१० रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने चाँदी १ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्