गृहमन्त्रीले सम्बोधन गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं,जेठ ६ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गरेपछि आइतबारको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले गृहमन्त्रीले सम्बोधन गरेपछि कार्यसूचीमा रहेका विषय सूचीबाट हटाएको सदनलाई जानकारी गराउदै बैठक स्थगित भएको घोषणा गरेका हुन् ।
प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।