इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना, कोही जीवित नरहेको सङ्केत



काठमाडौं,जेठ ७ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर भएको स्थान फेला परेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकोप्टरमा सवार कोही जीवित नरहेको सङ्केत देखिएको छ ।

इरानी राष्ट्रपति रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान सवार हेलिकोप्टर आइतबार दुर्घटना भएको थियो । साथै हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमातीलगायत अन्य व्यक्तिहरु सवार थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकोप्टर पूर्ण रुपमा जलेको बताएका छन् । खराब मौसमका कारण उद्धारमा समस्या भैरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्