प्रधानमन्त्री दाहाललाई चौँथो पल्ट विस्वासको मत प्राप्त



काठमाडौं,जेठ ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विस्वासको मत प्राप्त गरेका छन् । उनले यही कार्यकालमा चौँथो पल्ट विस्वासको मत पाएका हुन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको नाराबाजी र अवरोधकै बीच सभामुखले जबरजस्ती सदन सञ्चालन गरेपछि दाहालले विस्वासको मत हासिल गरेका हुन् ।

दाहालले कुल १५७ मत प्राप्त गरेका छन् । उनको विपक्षमा ० मत परेको छ । मतदानमा १५८ जना सांसदले मतदान गरेका थिए । एक जनाले मत दिन्न भन्ने पक्षमा मतदान गरेका छन् ।

संसदको बाँकी कार्यसूची स्थगित गरी जेठ ८ गते विहान ११ बजे बैठक बोलाइएको सभामुख देवराज घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्