सुर्खेतको कटकुवामा मिनिबस दुर्घटना : दुई जनाको मृत्यु



सुर्खेत,जेठ ७ । सुर्खेतको वीरेन्द्रनगरस्थित उत्तरी क्षेत्रमा पर्ने कटकुवा क्षेत्रमा बस दुर्घटनामा परेको छ । केहीबेर अघि कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

यस्तै बाँकी बसमा सवारहरू घाइते भएको र उनीहरूको उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले रातोपाटीलाई जानकारी दिए ।

‘बसमा १५ जना भन्दा बढी भएको अनुमान भइरहेको छ, हामी घाइतेलाई उद्धार गर्दै अस्पताल पुर्‍याइरहेका छौँ,’उनले भने, ‘मृतकको पहिचान खुलेको छैन भने घाइतेहरूको विवरण सङ्कलन भइसकेको छैन ।’ 

प्रतिक्रिया दिनुहोस्