कार्यालयबाटै पक्राउ परे कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहिया



काठमाडौं,जेठ ८ । कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई प्रहरीले मंगलबार थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो ।

उनलाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोली नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेको थिए । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । उक्त नागरिकता प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले जिल्ला अदालतमा पक्राउ पुर्जी माग गरेको थियो । प्रहरीको अनुरोधपछि जिल्ला अदालतले पुर्जी जारी गरेपछि उनी त्यसलाई रोक्न सर्वोच्चमा रिट दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्