गृहमन्त्री लामिछानेको भक्तपुरमा एक रोपनी जग्गा, श्रीमती निकिताको ८० तोला सुन
काठमाडौं,जेठ ८ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाएका छन् ।
मंगलबार सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । उनको ग्लोबल आइएमई बैङ्कमामा रहेको खातामा पाँच हजार रुपियाँ, नेपाल बैङ्क लिमिटेडमा एक लाख पाँच हजार रुपियाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका छन् ।
श्रीमती निकिता पौडेलको माइतीको संगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् । यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ।
यस्तै श्रीमती र आफ्नो आयबाट ४२ लाखको टाटा नेक्सन इभी कार रहेको सम्पत्ति विवरण पेस गरेका छन् ।

