कैलास सिरोहिया निर्दोष छन्, सजिलै छुट्छन् : प्रधानमन्त्री



काठमाडौं,जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहिया निर्दोष रहेको बताएका छन् ।

बुधबार पत्रकारहरुसँग कुरा गर्दै उनले सिरोहिया निर्दोष रहेको र कानुनी प्रक्रियाबाट सजिलै छुट्ने बताएका हुन् ।

उनले भने, ‘अदालती प्रक्रिया मैले बुझेको छु, उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले सिरोहियासँग आफ्नो कुनै रिसइवी नरहेको समेत बताएका छन् । ‘सरकारले रिसिइबी साँध्यो भन्ने कुरा आएको छ । त्यो गलत कुरा हो । उहाँसँग के हो रिसइबी ?’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्