नागरिकता प्रकरणः सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति



काठमाडौं,जेठ ९ । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत धनुषाले अध्यक्ष सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न ३ दिनको म्याद थप अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्