सिरोहिया पक्राउको विरोध गर्दै धनुषामा नाराबाजीसहित प्रदर्शन, राजनीतिक दलदेखि मिडियाकर्मी सहभागी



धनुषा,जेठ १० । सञ्चार उद्यमी कैलाश सिरोहिया पक्राउको विरोधमा धनुषाका विभिन्न राजनीतिक दल, उद्यमी-व्यवसायी, स्थानीय सञ्चारमाध्यमका प्रमुख लगायतले प्रर्दशन गरेका छन् । प्रदर्शनमा जनकपुर व्यापार संघ, नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ता, जनकपुर टुडेका सम्पादकलगायत सहभागी भएका छन् ।

राज्य आतंक बन्द गर ! कैलाश सिरोहियालाई रिहाई गर ! लेखिएको ब्यानरसहित प्रदर्शनमा उत्रिएका उनीहरूले प्रदर्शनसँगै आ-आफ्ना धारणासमेत राखिरहेका छन् । नाराबाजीसहित प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई जिल्ला प्रहरी कार्यालय, धनुषा जाने बाटोमा प्रहरी घेरामा राखिएको त्यहाँस्थित अभियानकर्मी मो. इन्तेखाब आलमले जानकारी दिए ।

सिरोहियालाई प्रहरीले मंगलवार थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको उनकै कार्यकक्षबाट पक्राउ गरी बुधवार  धनुषा जिल्ला अदालत पुर्‍याएको हो । 

प्रतिक्रिया दिनुहोस्