कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया तीन दिन हिरासतमा रहने



काठमाडौं,जेठ १० । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया तीन दिन हिरासतमा रहने भएका छन् । 

जिल्ला अदालत, धनुषाले सिरोहियालाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । उनी गत मंगलवार आफ्नै कार्यकक्षबाट पक्राउ परेका थिए । 

प्रहरीले भने सरकारी वकिलको कार्यालयमार्फत उनलाई ५ दिन हिरासतमा राख्ने अनुमति मागेको थियो । तर जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई ३ दिन मात्रै हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्