प्रतितोला १ हजार ८०० रुपैयाँले घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?



काठमाडौं,जेठ १० । सुनको भाउ सस्तिएको छ । छापावाला सुनको मूल्य बिहीबार एकैदिन १ हजार ८०० रुपैयाँले घटेको हो ।

अघिल्लो दिन अर्थात् बुधवार १ लाख ४० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज घटेर १ लाख ३८ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ३८ हजार ५० रुपैयाँ तोकिएको छ ।

साताको पाँचौं कारोबार दिन चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेको छ । आजका लागि चाँदीको भाउ १ हजार ८६५ रुपैयाँ कायम भएको छ । बुधवार भने १ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्