‘बेलायतमा जुलाई ४ मा आमनिर्वाचन गरिने’



लण्डन,जेठ १० । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जुलाई ४ मा आम निर्वाचन हुने घोषणा गरेका छन् । “आज बिहान मैले संसद् विघटन गर्न अनुरोध गर्न राजासँग कुरा गरेँ । उनले यो अनुरोध स्वीकार गर्नुभएको छ र जुलाई ४ मा आम निर्वाचन हुनेछ,” बुधबार साँझ डाउनिङ स्ट्रिटमा गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुनकले भने ।

नयाँ तथ्याङ्कले देशमा मुद्रास्फीति तीव्र रूपमा (दुई दशमलव तीन प्रतिशतमा) झरेको देखाएको केही घण्टापछि प्रधानमन्त्रीको यो घोषणा आएको हो ।

करिब तीन वर्षमा यो तथ्याङ्क सबैभन्दा कम हो । सत्तारुढ कन्जर्भेटिभ पार्टीले यसलाई एउटा उत्साहजनक उपलब्धि मानेका छन् ।

प्रतिक्रिया दिनुहोस्