विद्युतीय कार आईएक्स-१ एसएभी नेपालमा



काठमाडौं,जेठ ११ । चर्चित चारपांग्रे ब्रान्ड बीएमडब्लुको विद्युतीय कार आईएक्स१ एसएभी नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि बीएमडब्लुको अधिकृत विक्रेता लक्ष्मी प्रिमियम मोटर्सले उक्त गाडी नेपाली बजारमा भित्त्याएको हो ।

बीएमडब्लु आईएक्स१ मा रहेको इड्राइभ २० प्रिमियम इलेक्ट्रिक साधनका रूपमा आएको हो । यसमा कम्बाइन पावर कन्जम्प्सन १७ दशमलव २–१५ दशमलव ४ किलोवाट प्रति १०० किलोमिटर रहेको बताइएको छ ।

पूर्ण विद्युतीयमा यो कम्पनीको कम्प्याक्ट एसएभीको दोस्रो मोडल हो । यसमा रहेको इलेक्ट्रिक मोटरले १५० किलोवाट प्रति २०४ एचपीको शक्ति उत्पादन गर्ने बताइएको छ । यो ४३० देखि ४७५ किमिसम्मको रेन्ज दिने गाडी भएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्