मानव बेचविखनको मुद्दामा नुवाकोट ककनीकी रश्मि लामा पक्राउ
![](https://www.sajhapath.com/wp-content/uploads/2024/05/mahila-pakrau.jpg)
काठमाडाैँ,जेठ ११ । नुवाकोटको ककनीकी रश्मि लामा मानव बेचविखनको अारोपमा पक्राउ परेकी छिन । एक नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा रश्मि पक्राउ परेकी हुन ।
जिल्लाको ककनी गाउँपालिका वडा नम्बर ५ स्थायी घर भइ काठमाडौँ महानगरपालिका १६ बसन्तनगर बस्ने २९ वर्षीया रश्मीलाई प्रहरीले बानेश्वरबाट पक्राउ गरेको हो ।
रश्मिले विभिन्न लामाले विभिन्न प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएकी थिइन । प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले रश्मिलाइ बानेश्वरबाट पक्राउ गरेर पीडितलाई उद्धार गरेको छ ।
रश्मिविरूद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भैरहेको छ ।