छिचोलियो धेद्रे सुरुङ



काठमाडौं,जेठ १२ । रणनीतिक महत्त्व बोकेको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गतको धेद्रे सुरुङमार्ग छिचोलिएको छ । 

रक्षामन्त्री हरि उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरणराज शर्माको उपस्थितिमा शुक्रबार  सो सुरुङमार्ग छिचोलिएको द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएका नेपाली सेनाले जनाएको छ । रक्षामन्त्री उप्रेतीले ‘स्विच’ थिचेर अन्तिम विस्फोट गराएपछि सुरुङमार्ग छिचोलिएको थियो ।

नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता गौरवकुमार केसीले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौँतर्फ आउने एक हजार ६५३ मिटरको उक्त सुरुङमार्ग छिचोलिएको जानकारी दिए । सो अवसरमा रक्षामन्त्रीले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्गलगायत द्रुतमार्गका निर्माणाधीन संरचनाको अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्