बजारको आँप हानिकारक



काठमाडौं,जेठ १२ । आँप फलेपछि छिट्टोमा जेठको अन्तिमदेखि मात्र पाक्न थाल्छन् र त्यो खानयोग्य हुन्छ तर यहाँ बजारमा दुई-तीन महिनादेखि पाकेको आँप छ्यापछ्याप्ती पाउन थालेका छन् । बजारमा अहिले बिक्रीवितरण भइरहेको आँप खानयोग्य छैन किनभने ती आँपलाई कृत्रिम ढङ्गले रासायनिक पदार्थ हालेर प्रयोग गरी पकाएर बिक्रीवितरण गरिरहेको विज्ञहरू बताउँछन् । 

काँचो आँपलाई क्याल्सियम कार्बाइड जस्ता रासायनिक पदार्थ प्रयोग गरेर पकाउने गरेका छन् जो स्वास्थ्यका लागि एकदमै हानिकारक छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव सञ्जीव कर्णले बजारमा अहिले बिक्री भइरहेको आँप कार्बाइड हालेर पकाइएको छ कि छैन त्यो परीक्षणबाट मात्र पुष्टि हुने बताए । 

खाद्य ऐनले नै कार्बाइड प्रयोग गरी पकाइएको फलफूल बिक्री गर्न पाइँदैन भनी उल्लेख भएका कारण यदि त्यसरी पकाइएको आँप बजारमा बिक्रीवितरण गर्न नपाइने उनले बताए ।

कार्बाइड प्रयोग गरेको आँप अन्य मुलुकबाट पनि ल्याउन पाइँदैन, भन्सार नाकामा नै यसलाई नियन्त्रण गर्नुपर्ने बताउँदै उहाँले कार्बाइड प्रयोग गरिएको आँप स्वास्थ्यका लागि हानिकारक हुन्छ, स्वास्थ्यलाई हानी गर्ने भएकाले बजारमा बिक्रीवितरण गर्न नपाइने बताए ।

प्रतिक्रिया दिनुहोस्