तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु



काठमाडौं,जेठ १२ । तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ। नुहाउन गएका तिलोत्तमा–५ नयाँमिल बस्ने १७ वर्षीय दिव्यांश भुसालको डुबेर मृत्यु भएको हो।

शनिबार बिहान ८ बजेतिर नुहाउनका लागि तिलोत्तमा नगरपालिका–६ हरियाली पार्क नजिक तिनाउ खोलामा गएका ३ जनामध्ये भुसालको खोलामा डुबेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

त्यसपछी खोजी सुरु गरेको प्रहरीको टोलीले उनलाई खोलामा मृत अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्