नुवाकोटको तादी खोलामा डुबेर २ को मृत्यु



नुवाकोट,जेठ १२ । जिल्लास्थित तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ ।

शनिबार पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्युु हुनेमा ककनी गाउँपालिका वडा नम्बर ४ का १८ बर्षिय हिमाल तामाङ र बेलकोटगढी नगरपालिका वडा नम्बर १० का १९ बर्षिय रोजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

मृतकहरुको शब पोस्टमार्टमको लागि जिल्ला अस्पताल त्रिशुलिमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्