मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



काठमाडौं,जेठ १२ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ३ महिता चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका– ५ गडवाका २३ वर्षीय कुमार थारु रहेका बताए ।

तौलिहवातर्फ आइरहेको लु ४४ प १३१४ नम्बरको मोटरासाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेको उनको भनाइ छ । मृतक थारु मोटरसाइकलको पछाडिको सिटमा बसेका थिए । दुर्घटनामा परी उहाँको टाउकोमा चोट लागेको थियो । दुर्घटनापश्चात्  थारुलाई उपचारका लागि सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालमा लगिएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक पौडेलको भनाइ छ ।

सोही मोटरसाइकलका चालक गडवा गाउँकै ३८ वर्षीय निरकुमार थारु गम्भीर घाइते भएका छन् । उनको कपिलवस्तु अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्