बाँकेमा किसानसँग पालिकाप्रमुख कार्यक्रम



खजुरा (बाँके),जेठ १३ । बाँकेको वैजनाथ गाउँपालिकाले कृषिमा आत्मनिर्भर पालिका बनाउने उद्देश्यले सञ्चालन गरेको किसानसँग पालिका प्रमुख कार्यक्रम प्रभावकारी बनेको सम्बद्ध किसानहरूले बताएका छन् ।

किसानलाई आवश्यक बीउबिजन, तालिम तथा परामर्शसँगै प्रविधिसँग जोड्न थालेको र खेतीयोग्य जमिन वर्गीकरण गरी अनुदानसँगै सिँचाइ व्यवस्थापनको दीर्घकालीन योजना बनाएर लागेको पालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बताए ।
वैजनाथ गाउँपालिकाका ७० प्रतिशत नागरिक कृषिमा आबद्ध छन् । उनीहरूलाई आत्मनिर्भर बनाउन उनीहरूका घरदैलोमा नै समस्या समाधानको प्रयास भएको उनले जानकारी दिए ।

स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले किसानसंग पालिका प्रमुख कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रमका लागि पालिकाले पर्याप्त बजेट विनियोजन गरेको उनले बताए। गाउँपालिकाले उत्पादनका आधारमा खेतीयोग्य जमिनलाई पकेट क्षेत्र बनाई उत्पादन बढाउन चारवटा वडालाई पकेट क्षेत्रका रूपमा विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्