आज कति छ सुनचाँदीको भाउ ?



काठमाडौं,जेठ १३ । आइतबार सुनको भाउ स्थिर छ । सातको पहिलो कारोबार दिनका लागि छापावाला सुनको मूल्य १ लाख ३६ हजार ९०० रुपैयाँ काय भएको छ ।

अघिल्लो दिन अर्थात् गत शुक्रबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य १ लाख ३६ हजार २५० रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८५५ रुपैयाँमा किनबेच भएको थियो । आज पनि सोही मूल्य निर्धारण भएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्