टोखामा श्री युवा बास्केटबल एसईई कप प्रतियोगिता हुने



काठमाडौं,जेठ १३ । टोखा नगरपालिका वडा नम्बर ५ मा श्री युवा बास्केटबल एसईई कप प्रतियोगिता हुने भएको छ।

श्री युवा टोल विकास संस्थाको आयोजनामा एसईई दिएर बसेका छात्रछात्रा बीच प्रतियोगिता गर्न लागिएको युवा सोम गुरुङले बताए ।

मंगलबार टोखा नगरपालिका वडा नम्बर ५ मा रहेको श्री समाज भवनमा हुने प्रतियोगितामा सहभागीको नाम दर्ता भैरहेको आयोजकले जनाएको छ । प्रतियोगितामा एसईईमा सहभागी सबैले नाम दर्ता गराउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्