मासु उत्पादन घट्यो



काठमाडौं,जेठ १४ । मासु उत्पादनमा करिब १६.१ प्रतिशतले कमी आएको छ । आर्थिक सर्वेक्षण २०८०/८१ को तथ्यांक अनुसार मासु उत्पादनमा कमी आएको पाइएको हो ।

राँगा भैसी, भेडा, सुँगुर /बंगुर तथा कुखुराको संख्यामा आएको कमीको कारण कुल मासु उत्पादन ४ लाख ३० हजार मेट्रिक टनमा सीमित भएको छ । यसरी प्रति व्यक्ति प्रति वर्ष मासुको उपलब्धता २०.९ के.जी. पुगेको छ । यद्यपि आर्थिक वर्ष २०७९/८० मा खसी तथा हाँसको मासु उत्पादनमा भने वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा हाँस तथा लेयर्सको संख्यामा वृद्धि हुँदा अण्डा उत्पादनमा करिब २०.८ प्रतिशतले वृद्धि भई प्रति व्यक्ति प्रति वर्ष अण्डाको उपलब्धता ५५ पुगेको छ । साथै, कुल दूध उत्पादनमा भैसीको दूधको हिस्सा गाईको दूधको भन्दा बढी रहेको छ । चालु आर्थिक वर्षको फागुनसम्ममा दूध उत्पादन १७ लाख ४२ हजार मेट्रिक टन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्