पशुपन्छी कृत्रिम गर्भाधान ७० जिल्लामा विस्तार



काठमाडौं,जेठ १४ । पशुपन्छीमा कृत्रिम गर्भाधान हाल सम्म ७० जिल्लामा विस्तार भएको छ । आर्थिक सर्वेक्षण २०८०/८१ को तथ्यांक अनुसार गाई, भैंसी, बाख्रा लगायतका पशुमा कृत्रिम गर्भाधानको सेवा विस्तार भएको हो । बोयर बाख्राको माग बढेको कारण बाख्राको कृत्रिम गर्भाधान मार्फत नश्ल सुधारमा थप सहयोग पुगेको छ । 

लम्पी स्किन रोगको देशव्यापी सङ्क्रमणका कारण किसानहरूबाट गाईभैसीको कृत्रिम गर्भाधानको मागमा कमी आएको कारणले गाईभैसीमा गरिने कृत्रिम गर्भाधान सङ्ख्यामा भने सामान्य गिरावट आएको छ ।

आर्थिक वर्ष २०७९/८० मा पशु नश्ल सुधारका लागि ९ लाख ८७ हजार डोज साँढे र राँगाको वीर्य उत्पादन भई ७ लाख ११ हजार पशुमा कृत्रिम गर्भाधान गराइएको थियो भने चालु आर्थिक वर्षको फागुनसम्म ५ लाख ५ हजार डोज साँढे र राँगाको वीर्य उत्पादन भएको छ। साथै, ४ लाख ३२ हजार पशुमा कृत्रिम गर्भाधान गराइएको छ भने १ लाख ३१ हजार लिटर तरल नाइट्रोजन उत्पादन तथा वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्