विद्युत् उपयोग गर्ने ग्राहकको संख्या ५८ लाख



काठमाडौं,जेठ १४ । विद्युत् उपयोग गर्ने ग्राहकको संख्या ५८ लाख ७३ हजार ८०७ पुगेको छ । २०८० को फागुनसम्म विद्युत उपयोग गर्ने ग्राहकको संख्या यति पुगेको हो ।

२०८० असारसम्म यो संख्या ५६ लाख ४८ हजार थियो । आर्थिक सर्वेक्षण २०८०/८१ को तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिनामा २ लाख २५ हजार विद्युत्का ग्राहक थपिएका छन् । गत फागुनसम्म कुल २९७५ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जडान भएको छ ।

जसमा नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा सञ्चालित परियोजनाबाट ६६० मेगावाट, विद्युत् प्राधिकरणका सहायक परियोजनाबाट ४९२ र निजी क्षेमबाट सञ्चालित परियोजनाबाट १८२२ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिएको सर्वेक्षणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्