एक सातापछि फेरि महँगियो सुन, चाँदीको भाउ पनि बढ्यो



काठमाडौं,जेठ १४ । सोमबार सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको हो । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार १ लाख ३६ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

तर, आज बढेर १ लाख ३७ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ८८० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने १ हजार ८५५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्