सम्पर्कविहीन बालिकाको शव खोलामा भेटियो



विराटनगर,जेठ १४ । मोरङको कटहरीमा घरबाटै सम्पर्कविहीन बनेकी बालिकाको शव खोलामा भेटिएको छ। कटहरी गाउँपालिका-५ का धर्म झाँगडकी ७ वर्षीया छोरी पृति झाँगडको शव खोलामा फेला परेको हो। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अभिभावकलाई नभनिकन पृति आइतबार दिउँसो ३ बजेदेखि घरबाट हिँडेको खुलेको छ। 

खोजी गर्ने क्रममा कटहरी-५ स्थित सुखानी खोलामा डुबेर मृत्यु भएको अवस्थामा सोमबार दिउँसो शव भेटिएको उनले बताए।शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा लगेर घटनाको अनुसन्धान सुरु गरिएको बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस्