गणतन्त्र दिवसमा नेपाल टेलिकमको‘रिपब्लिक डे अफर’



काठमाडौं,जेठ १५। गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ‘रिपब्लिक डे अफर’ उपलब्ध गराउने भएको छ । सोमवारदेखि शुरू भएको सो अफर आज बुधवारसम्म लागू हुने बताइएको छ । यसअन्तर्गत रू. ४९ मा एक दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुने बताइएको छ ।

यसैगरी डेटा प्याकेजअन्तर्गत रू. १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डेटा, रू. १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डेटा, रू. २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डेटा र रू. ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डेटा प्याकेज उपलब्ध हुनेछ ।

यही अफरअन्तर्गत रू. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्