बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?



काठमाडौं,जेठ १५ । मंगलबार सुनको भाउ वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन अर्थात् सोमबार १ लाख ३७ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज बढेर १ लाख ३७ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ३६ हजार ९५० रुपैयाँ कायम भएको छ ।

यस्तै, साताको तेस्रो कारोबार दिन चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेर १ हजार ९२० रुपैयाँ कायम भएको छ । सोमबार भने १ हजार ८८० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्