यस वर्षको मनसुन मुलुकबाट १२ दिन ढिलो बाहिरियो



काठमाडौं,असोज २८ । यस वर्षको मनसुन आजदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार गत असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको थियो। यस वर्ष विगतको तुलनामा १२ दिन ढिलो गरी मनसुन पूर्ण रूपमा बाहिरिएको हो।

मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्