डुबेर एक पुरुषको मृत्यु



झापा,जेठ १६ । झापाको मेचीनगर नगरपालिका ३ निन्दा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ३ बडाखाल बस्ने ४० बर्षीय धनराज भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मंगलबार दिउँसो १ बजेको समयमा स्थानीय निन्दा खोलामा पौडी खेल्ने क्रममा डुबेर बेहोस् भएका भण्डारीलाई स्थानीयले देखेपछि उद्धार गरी उपचारका लागि वीएण्डसी अस्पताल बिर्तामोड ल्याएको बताइएको छ । 

दिउँसो २ ः ३४ बजे उपचारको क्रममा चिकित्सकले भण्डारीलाई मृत घोषणा गरेको प्रहरीले जानएको छ ।

प्रतिक्रिया दिनुहोस्