स्थगित भयो गृहमन्त्रीविरुद्धको रिटको सुनुवाइ



काठमाडौं,जेठ १६ । उपप्रधानम एवम् गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा उक्त रिटमा सुनुवाइ तोकिएको थियो । तर रिट निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगित गर्न निवेदन दिएकाले आज सुनुवाइ स्थगित भएको हो ।

अधिवक्ता भट्टराईले महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्