काठमाडौंबाट हेटौंडा जाँदै गरेको कार दुर्घटना, ३ जनाको मृत्यु



काठमाडौ,जेठ १६ । काठमाडौंबाट हेटौंडा जाँदै गरेको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

बुधबार अपराह्न साढे चार बजे मकवानपुरको भिमफेदी गाउँपालिका, जुरीखेतस्थित भिमफेदी कुलेखानी सडक खण्डमा कार दुर्घटनामा परेको हो। काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा ६ च ९३७९ नम्बरको कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल खोल्सामा खसेको हो।

दुर्घटनामा परी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। डिएसपी भण्डारीका अनुसार मृत्यु हुनेमा मनहरि गाउँपालिका ८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपाली र उनकी तीन महिने छोरी अर्जिता भित्रीकोटी छन्। अर्का एक जना पुरूषको पहिचान खुल्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्