गृहमन्त्री लामिछानेको निर्णयविरुद्ध सर्वोच्चमा फेरी अर्को रिट



काठमाडौं,जेठ १८ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा फेरी अर्को रिट दायर भएको छ ।

गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसका दिन ट्राफिक निर्णय उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने निर्णय गरेपछी त्यसको भोलिपल्टैदेखी लागू गराएका थिए ।

उक्त निर्णय कार्यान्वयनमा गएपछि शुक्रबार रविन्द्र पौडेल, आकाशकुमार भट्ट, प्रमेश पौडेल, उज्जल माली, ईमामुल हक र राजु परियारले उक्त कार्य तत्काल बन्द गर्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

उक्त रिटमा मानव अधिकारको विश्वव्यापी घोषणाको धारा ३ र ५ तथा संविधानको धारा २२ ले यातनाविरुद्धको हक प्रदान गरी सोलाई कसुर भनी परिभाषा समेत गरेको अवस्थामा सामान्य गल्तीमा समेत सडकमा उभ्याई बलपूर्वक सवारी नियमनको काममा लगाउँदा समग्र चालकहरूको हक हितमा गम्भीर असर परेको दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्