गण्डकीको मुख्य न्यायाधिवक्तामा शर्मा



गण्डकी,जेठ १९ । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । 

नेपालको संविधानको धारा १६० को उपधारा (२) को व्यवस्थाबमोजिम गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले शर्मालाई मुख्य न्यायाधिवक्तामा नियुक्ति गरेका हुन् । 

शर्मा यसअघि पनि सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

म्याग्दीको बेनी नगरपालिका–१० का स्थायी बासिन्दा शर्मा विसं २०४८ देखि कानुन व्यवसायमा आवद्ध छन् । उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।  उनी म्याग्दी जिल्ला नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष समेत हुन् । रासस

प्रतिक्रिया दिनुहोस्